×

NMB BANK
NIC ASIA

कोरोना सतर्कता

सुनौली नाका बन्द हुँदा ५० नेपाली सीमामा अलपत्र, आवागमन पूर्ण निषेध

चैत १०, २०७६

NTC
Premier Steels

सरकारले १ हप्ताका लागि भारत र चीनसँगका नाका बन्द गर्ने निर्णय गरेसँगै नेपालको दोस्रो ठूलो नाका रुपन्देहीको बेलहिया (सुनौली) पनि सोमवार बिहान १० बजेदेखि बन्द भएको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्गबहादुर खत्रीले अबको १ हप्तासम्म नाका कडाइका साथ बन्द हुने लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवारको मन्त्रिपरिषद् बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन सरकारले सीमानाका बन्द गरेको हो ।


Advertisment
Nabil box
Kumari

सोमवार बिहान मात्रै सुनौलीबाट ६१५ जना नेपाल भित्रिएका छन् । 

Vianet communication

उनले भने, ‘नाकामा आएका ५०–६० जना रोकिएका छन् । तिनीहरूलाई आउन रोकिएको छ । नाकामा भएकालाई पनि आउन दिइँदैन ।’ नाकामा रोकिएकाहरूले नेपाल प्रवेश गर्न दिन प्रहरीसँग आग्रह गरेका छन् । 
‘उनीहरूलाई नेपाल प्रवेश गर्न दिइँदैन । उतै व्यवस्था गर्छन्, उतै बस्छन्,’ खत्रीले भने ।

सुनौली नाकाबाट आइतवार ४ हजार र शनिवार १७ हजार नेपाली भित्रिएको खत्रीले जानकारी दिए । नेपालबाट भारततर्फ नाकामा विशेष चेकजाँच गरेर जान दिइएको छ । आइतवार भारतमा जनता कर्फ्यु लागेर सुनौली बजार बन्द थियो । पश्चिम नवलपरासीले शनिवारदेखि नै भारतसँग जोडिएका सबै नाका बन्द गरेको थियो । 

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनालले केही मानिसहरू नाकामा रोकिएको जानकारी दिए । ‘मानिसहरू रोकिएका छन् । प्रवेश दिने कि नदिने प्रहरीले छिट्टै निर्णय गर्ला ।’

तेस्रो देशका पर्यटकलाई मार्च १४ गतेदेखि आवातजावत रोकिएको खनालले जानकारी दिए । नाका र लामो दूुरीका सार्वजनिक सवारी बन्द गरेसँगै प्रदेशका बजार सुनसान भएका छन् । मानिसहरू घर बाहिर निस्केका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x