१८ असार २०८३, बिहीबार

सीमा नाका बन्द गरेको दिनमै वीरगञ्ज हुलका हुल भित्रिए नेपाल [फोटोफिचर]

सीमा नाका बन्द गरेको दिनमै वीरगञ्ज हुलका हुल भित्रिए नेपाल [फोटोफिचर]

कोरोना संक्रमणको उच्च जोखम रहेको भन्दै सरकारले चीन तथा भारतसँगको नेपालको सीमा नाका बन्द गर्ने निर्णय गरेको भोलिपल्ट नै त्यसको अवज्ञा भएको छ ।

आइतवार सरकारले वस्तु आयात भएपनि मानिसको आगमनमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो ।

तर भारतसँग जोडिएको वीरगञ्ज नाकामा सोमवार आवागमन गर्ने मानिसको भीड निकै बाक्लो देखिएको छ ।

तस्वीर सौजन्य: गोविन्द देवकोटा 

कमेन्ट गर्नुहोस्