०३ साउन २०८३, आइतबार

कोरोना रोकथाम कोषमा राष्ट्रपति भण्डारीले २ महिनाको पारिश्रमिक सहयोग गर्ने

कोरोना रोकथाम कोषमा राष्ट्रपति भण्डारीले २ महिनाको पारिश्रमिक सहयोग गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथामका लागि सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले २ महिनाको पारिश्रमिक उक्त कोषमा उपलब्ध गराउने जनाए ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष“ लाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने व्यहोरा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्