१६ असार २०८३, मंगलबार

भोलिदेखि एक साताका लागि काठमाडौं उपत्यका 'लकडाउन'

भोलिदेखि एक साताका लागि काठमाडौं उपत्यका 'लकडाउन'

सरकारले भोलिदेखि एक साताका लागि काठमाडौं उपत्यका पूरै लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि उपत्यका लकडाउन गर्न लागिएको हो ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले एक साताका लागि उपत्यका लकडाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

सोमवार साँझ अबेर गरेर बसेको बैठकले यस्तो निर्णय लिएको हो । 

खतिवडाले उद्योगी, व्यापारी र व्यवसायीहरूलाई आफ्ना कर्मचारीलाई छुट्टी दिन पनि निर्देशन दिने निर्णय भएको बताए ।

मंगलवारदेखि अत्यावश्यकबाहेक अन्य सवारी साधन पनि चलाउन पाइने छैन ।

salt training

कमेन्ट गर्नुहोस्