
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई २ महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा राष्ट्रपतिबाट पारिश्रमिक प्रदान गरिने भएको राष्ट्रपति कार्यालयबाट सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।