०२ असार २०८३, मंगलबार

नेपालमा घोषणा भयो राजपा, घोषणासभामा कसले के भने ?

कात्तिक २०, २०७४
नेपालमा घोषणा भयो राजपा, घोषणासभामा कसले के भने ?

काठमाडौं, ८ बैशाख - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ दलले पार्टी एकता गरेका छन् । एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ (राजपा) राखिएको छ ।rajapa copy
महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाली सद्भावना पार्टी एकीकरण भएर राष्ट्रिय जनता पार्टी गठन भएको हो । मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने एकतामा आएको छैन, नयाँ पत्रिकामा खबर छ  ।
एकता सभामा कसले के भने ?
महन्थ ठाकुर
शेरले खतरा महसुस शेरसँग होइन सिकारसँग गर्छ । हामी मधेसका शेर एक भएका छौँ । सबै शेर एकै स्थानमा भएपछि त सिकारीले पनि सोच्नुपर्छ । लोकतन्त्रमा सरकारले जनताका अधिकार खोसेपछि उसको विरोध नगरेर कसको विरोध गर्ने रु तर, गलत निर्णयको विरुद्ध गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकार जाइलागेर मधेसी जनता त गुमाएको छ, अझै पनि सत्ता सञ्चालन गर्ने शासक र सिंहदरबार नसुध्रिए सिंगो मधेस पनि गुम्छ । हामीलाई मधेसीको एक राज्य चाहिन्छ ।

राजेन्द्र महतो
मधेसी र थारूको सहमतिविना निर्वाचन गरेर देखाउन सक्ने भए गराउन मैले यही मञ्चबाट राज्यलाई चेतावनी दिन्छु । यदि गराउने दुस्साहस गर्यो भने हामी पनि एकताको ताकतले ‘इँटको जवाफ पत्थरले दिन’ तयार छौँ । माग पूरा नगरी मधेस र थरुहटमा निर्वाचन गर्न गए जनताले आफसेआफ लखेट्छन् । त्यस्तो जिम्मेवारी हामी लिनेछैनौँ । देशको ताला अब जनता पार्टीमा आएको छ ।

शरत्सिंह भण्डारी
मधेसी जनतामा कस्तो राष्ट्रवाद छ त्यो हामी अब व्यवहारमा देखाइदिन्छौँ । आत्माबाट भएको हाम्रो एकता अब कसैले टुटाउन र फुटाउन सक्दैन । हाम्रा माग पूरा नहुँदासम्म निर्वाचनमा भाग लिने त परैको कुरा भयो, गरेर देखाउन सरकारलाई हाम्रो चुनौती हो ।

महेन्द्र राय यादव
अहिलेको संविधानलाई कसैले पनि स्वीकार गरेका छैनन् । भारत र अरू विश्वले पनि स्विकारेको छैन । भारतमा भएको १२ बुँदे सहमति कार्यान्वयन हुने, तर नेपालमा भएको आठबुँदे किन कार्यान्वयन नहुने रु हाम्रो आन्दोलनलाई भारतका जनताले साथ दिएका छन् । भारतले नश्लवादी चिन्तनको विरोध गर्छ । संशोधन नगरी नश्लीय चिन्तन बोकेको सरकारले निर्वाचन गर्यो भने त्यसको प्रतिकार गर्न हामी बाध्य हुन्छौँ ।

राजकिशोर यादव
मधेसवादी दलको एकता भनेको पाँच पाण्डवको एकता हो । हामी अब मधेसको लडाइँ जित्छौँ । महन्थ ठाकुर पाण्डवको जेठा दाजु, युधिष्ठिरजस्तै निष्ठावान र सत्यवादी नेता हुनुहुन्छ । भीष्मजस्तै महेन्द्र राय यादव हुनुहुन्छ । अन्य हामी सबै पाण्डवको एक–एक पात्रको जस्तै भूमिकामा छौँ ।

salt training

कमेन्ट गर्नुहोस्