२३ असार २०८३, मंगलबार

श्रीमान्-श्रीमतीको बन्चरो प्रहारबाट साथीको मृत्यु

कात्तिक २०, २०७४
 श्रीमान्-श्रीमतीको बन्चरो प्रहारबाट साथीको मृत्यु

रुकुम, ८ वैशाख - यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।hatya

जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ ।

बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य विवाद हुँदा सार्कीले आफ्नै घरमा खड्कामाथि बन्चरो र सापल प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिप्रकाका प्रहरी निरीक्षक थम्मनबहादुर राजालीले जानकारी दिनुभयो ।

झगडा भएपछि सार्की र उनकी श्रीमती कमला सार्कीले बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयवासीको भनाइ छ ।

हत्यामा संलग्न अभियुक्त निर्मल सार्की र कमला सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, सल्लेमा ल्याइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्