३० जेठ २०८३, शनिबार

चितवनमा अहिलेसम्म नदेखिएको नयाँ चरा भेटियो

कात्तिक २०, २०७४
चितवनमा अहिलेसम्म नदेखिएको नयाँ चरा भेटियो


रत्ननगर, ८ वैशाख– चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ ।

बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिए ।

मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक चरा भएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए । यो चरा नेपालको पूर्वी भाग कोसी क्षेत्रमा १५ वर्षअघि देखिएको थियो । त्यसपछि देखिएको थिएन ।

यो चरा चितवनको कुमाल तालमा आइतराम दराईले पहिलोपटक देखेका थिए । त्यसको पुष्टि गर्न सो क्षेत्रमा जिल्लाका चरा विज्ञहरु टीका गिरी, बासु बिँडारी, टेकबहादुर गुरुङलगायतको टोली बिहीबार गएका थिए । उक्त टोलीले ‘ठूलो धाबके हावा चिल’ चितवनका लागि नयाँ भएको पुष्टि गरेको हो ।

चितवनमा योसहित कुल ६३५ प्रजातिका चरा अभिलेख गरिएको छ । नेपालमा अहिलेसम्म ८८७ प्रजातिका चरा भेटिएका छन् । नेपालमा पाइनेमध्ये अधिकांश चरा चितवनमा पाइन्छन् । त्यसकारण चितवन चरा पर्यटनमा अब्बल छ ।

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा पहाडी क्षेत्रमा चराको राम्रो वासस्थान रहेको चरा विज्ञ टीका गिरी बताउँछन् ।

पाँच वर्षको अन्तरालमा चितवनमा आधादर्जनभन्दा बढी नयाँ चरा फेला पारिएको जनाइएको छ । यस जिल्लामा साइबेरियालगायत क्षेत्रबाट बसाइँ सरेर र बच्चा कोरल्नका लागि पनि चरा आउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्