
स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरू सार्वजनिक गरिएको छ ।
यस संवेदनशील घडीमा ग्राहकहरू अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरू ल्याएको हो ।
स्मार्ट टेलिकमको यस प्रयास अनुरुप अब ग्राहकहरूले २० जी.बी. को डाटा प्याक मात्र रु. ३९९ (कर बाहेक) मा प्राप्त गर्न सकिनेछ ।
उक्त डाटा प्याक ३० दिनको लागि मान्य हुनेछ । यसको अतिरिक्त, स्मार्ट प्रयोगकर्ताहरूले हरेक डाटा प्याकको खरिदमा डबल डाटा प्राप्त गर्न सक्ने सुविधा पनि रहेको छ । साथै, यस लकडाउनको अवधिभरि हरेक रु. १०० वा बढिको रिचार्जमा विभिन्न टकटाइम, एसएमएस तथा डाटा बोनस स्वरुप प्राप्त गर्न सकिनेछ ।
ब्यालेन्स रु. १ भन्दा कम भएमा अब ग्राहकहरूले ८१२९८४०३ डायल गरी रु. ४० को स्मार्ट लोन समेत लिन सकिनेछ ।
प्रयोगकर्ताहरूलाई अत्यावश्यक काम बाहेकका लागि घरबाट बाहिर ननिस्कन प्रेरित गर्न स्मार्टले घरैबाट मोबाइल टपअप पनि गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।
यो सुविधा सम्भव बनाउन स्मार्टले इसेवा, खल्ती, पे प्वाइन्ट तथा इनेट पे जस्ता अनलाइन पेमेन्ट एपहरूसँग समन्वय गर्दै आएको छ भने ग्राहकरुले उक्त एपहरू मार्पmत घरैबाट रिचार्ज गर्न सकिनेछ ।