०३ असार २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने
फाइल फोटो

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले लक–डाउन गरेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने भएको छ । 

बैंकले एक सूचना प्रकाशित गरी भद्रकाली प्लाजा सिंहदरबारस्थित केन्द्रीय कार्यालयबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सीमित कारोवारका लागि बैंक खुला रहने जनाएको हो । 

काठमाडौं उपत्यका बाहिरको हकमा जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार कर्यालय सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले डिजिटल कारोवार गर्न ग्राहकहरूलाई आग्रह गरेको छ । 

लकडाउनका कारण चैत्र १२ देखि बैंक तथा वित्तीय संस्थाका अधिकांश शाखा बन्द छन् । 

हेर्नुहोस्, सूचना :


 

salt training

कमेन्ट गर्नुहोस्