२३ असार २०८३, मंगलबार

चीनसँग मिलेर कोरोनाभाइरसविरुद्ध लड्ने ट्रम्पको भनाइ

चैत १४, २०७६
चीनसँग मिलेर कोरोनाभाइरसविरुद्ध लड्ने ट्रम्पको भनाइ

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग मिलेर कोरोनाभाइरससँग लड्ने बताएका छन् । 

शुक्रवार एक ट्वीटमार्फत उनले चीनका राष्ट्रपति सी चिनफिङसँग कुराकानी भएको जानकारी दिए । 

उनले लेखे, ‘भर्खरै चीनका राष्ट्रपति सीसँग राम्रो कुराकानी भयो । हाम्रो यस ग्रहका धेरै ठाउँमा कहर मच्चाइरहेको कोरोनाभाइरसका बारेमा हामीले विस्तारमा चर्चा गर्‍यौं । चीनले निकै दुःख सहेको छ र भाइरसका विषयमा राम्रो जानकारी हासिल गरिसकेको छ । हामीहरू निकट सहकार्य गरिरहेका छौं । भव्य सम्मान !’

यसअघि कोरोनाभाइरस फैलनुमा चीन दोषी रहेको भनी ट्रम्पले विवादास्पद बयान दिने गरेका थिए । उनले कोरोनाभाइरसलाई चिनियाँ भाइरस नामकरण गर्दै चीनलाई चिढ्याएका थिए ।

तर अहिले अमेरिकामा भाइरस व्यापक रूपमा फैलिँदै जाँदा ट्रम्पको नेतृत्व तथा व्यवस्थापनमा प्रश्न उठ्न थालेको छ । त्यसैले उनले चिनियाँ सहयोग लिनुपर्ने अवस्था आएको छ ।

चीनले अहिले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीहरू पठाएर भाइरसविरुद्धको लडाइँमा नेतृत्व लिइरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्