
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भिडियो कन्फरेन्समार्फत सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग परामर्श गर्ने भएका छन् ।
शुक्रवार सिंहदरबारस्थित एक्सन रूमबाट संयोजक पोखरेलले सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणबारे गरिने भएको हो ।
पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले भिडियो कन्फरेन्समार्फत् समितिले लिएको निर्णय कार्यान्वयन गर्न प्रदेशले चाल्नुपर्ने कदम, नीति तथा कार्यक्रम र आगामी रणनीतिका बारेमा छलफल हुने बताए ।
श्रेष्ठले शुक्रवार नै उच्चस्तरीय समितिको बैठक बसेर संक्रमणविरुद्धको आगामी रणनीति तय गरिने बताएका छन् ।