०८ साउन २०८३, शुक्रबार

इरानमा कोरोना निको पार्न भन्दै मेथानोल पिउने ३०० जनाको मृत्यु

चैत १४, २०७६
इरानमा कोरोना निको पार्न भन्दै मेथानोल पिउने ३०० जनाको मृत्यु

प्लास्टिकको डायपर मात्र लगाएका पाँच वर्षीय एक बालकलाई ट्युब लगाइएको छ र उनको शरीर चलमलाएको छैन । हाज्मात सुट र मास्क लगाएर उनी नजिक उभिएकी एक स्वास्थ्यकर्मी मानिसहरूलाई अनुरोध गरिरहेकी छन् : कोरोनाभाइरसको डरले मेथानोल नामक अल्कोहल पिउन छोड्नुस् । 

ती बालकलाई उनका मातापिताले भाइरसबाट सुरक्षा दिन्छ कि भनी विषाक्त मेथानोल दिएपछि उनको दृष्टि गुमेको छ । इरानमा कोरोना फैलिएपछि सयौं मानिसले मेथानोल पिएर ज्यान गुमाएका छन् । 

इरानी सञ्चारमाध्यममा आएका खबरअनुसार, मेथानोल पिएपछि ३०० भन्दा बढी मानिस मारिएका भने हजारजना बिरामी भएका छन् । इस्लामिक गणतन्त्र इरानमा अल्कोहल पिउन प्रतिबन्ध लगाइएको छ र पिउनेहरू लुकीलुकी कमसल रक्सी पिउँछन् । 

इरानको सामाजिक सञ्जालमा कोरोनाको उपचार भन्दै अनेकथरी झूटा औषधिहरू चर्चा चल्ने गरेको छ । कोरोना फैलिएपछि पनि सरकारले शुरूमा बेवास्ता गरेको भन्दै इरानीहरू सरकारप्रति आक्रोशित छन् । 

‘भाइरस फैलिरहेको छ र मानिसहरू फ्याटफ्याट मरिरहेका छन् । अरू खतरा पनि छन् भन्ने कुरामा उनीहरू खासै सचेत छैनन् जस्तो लाग्छ,’ ओस्लोमा क्लिनिकल टक्सिकोलोजिस्ट रहेका डा नट एरिक होव्दा बताउँछन् । उनी मेथानोलबाट लाग्ने विषयको अध्ययन गर्छन् र उनलाई इरानमा देखिएको संक्रमण बताइएभन्दा बढी भएको जस्तो लाग्छ । 

‘उनीहरूले मेथानोल पिइरहेमा थप मानिसलाई विष लाग्छ ।’

कोभिड–१९ को कुनै पनि खोप वा औषधि विकसित भइसकेको छैन । वैज्ञानिक र चिकित्सकहरूले भाइरसको अध्ययन गरिरहेका छन् र प्रभावकारी औषधि र खोप विकसित गरिरहेका छन् । 

तर इरानको सामाजिक सञ्जालमा ह्विस्की र मह पिएर बेलायतमा एक शिक्षकले अनि अरूले कोरोनाबाट मुक्ति पाएको भन्ने झूटो खबर भाइरल भयो ।

अल्कोहल भएका ह्यान्ड स्यानिटाइजरको उपयोगका सम्बन्धमा दिइने सन्देश पनि स्पष्ट थिएनन् । केही मानिसले उच्च मात्रामा अल्कोहल पिएमा शरीरको भाइरस मर्ने भनी झूटो कुरामा विश्वास गरे । 

salt training

कमेन्ट गर्नुहोस्