१० असार २०८३, बुधबार

पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध

चैत १५, २०७६
पहिरोले बुटवल पाल्पा सडक अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध भएको छ ।

धुले पहिरो खसेपछि बुटवल–पाल्पा सडकखण्डको केरावारी नजिकमा ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।

प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालय, बुटवलमा डिएसपी रामप्रकाश शाहले बाटो खुलाउने त्यसतर्फ टोली पुुगेको बताए । यो सडक घुम्ती काटेर फराकिलो बनाउने काम भइरहेको छ ।  

केही दिनअघिदेखि परेको वर्षाले चिसो भएको जमिनमा तल्लो भागबाट खन्दा ठूलो पहिरो खसेको थियो ।

डोजर र एक्स्काभेटरको प्रबन्ध गरेकाले दुई घण्टाभिर सडक खुलाउने तयारी रहेको शाहले जानकारी दिए । पहिरो खसेपछि खाद्यान्न ढुवानीका ट्रक, अत्यावश्यक कामले हिँडेकाहरु र एम्बुलेन्स समेत गुड्न पाएका छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्