२३ असार २०८३, मंगलबार

औषधि ल्याउन चीनतर्फ उड्यो वाइडबडी जहाज, राति काठमाडौं आइपुग्ने

चैत १५, २०७६
औषधि ल्याउन चीनतर्फ उड्यो वाइडबडी जहाज, राति काठमाडौं आइपुग्ने
फाइल फोटो

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए ।

उनका अनुसार शनिवार गएको विमानले औषधि उपकरण लिएर शनिवार राति १ बजे काठमाडौं आउने छ ।

चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्