०३ साउन २०८३, आइतबार

कोरोना रोकथामका लागि राष्ट्रिय कर्मचारी संगठनको दुई लाख सहयोग

कोरोना रोकथामका लागि राष्ट्रिय कर्मचारी संगठनको दुई लाख सहयोग

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती केन्द्रीय समितिले कोरोना भाइरसको सम्भावित रोकथामका लागि सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा’ दुई लाख एक हजार सहयोग गरेको छ।

कर्मचारी संगठनको तर्फबाट सो उपचार कोषको नेपाल राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०००००११०१ मा उक्त रकम आर्थिक सहायता गरिएको संगठनका अध्यक्ष हरिबहादुर रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी आपतकाल घोषणा गरेको उल्लेख गर्दै संगठनले नेपाल लगाएत विश्वका धेरै राष्ट्रले देश लकडाउन गरी यो विश्वव्यापी सङ्कटसँग लडिरेहेको अवस्थामा नेपालमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त आर्थिक सहयोग गरेको संगठनले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्