१६ असार २०८३, मंगलबार

थाइल्यान्डका राजा २० जना ल्याइतेका साथ जर्मनीको विलासी होटलमा सेल्फ आइसोलेसनमा

चैत १६, २०७६
थाइल्यान्डका राजा २० जना ल्याइतेका साथ जर्मनीको विलासी होटलमा सेल्फ आइसोलेसनमा

थाइल्यान्डका राजा महा वजिरालङकर्न दक्षिण जर्मनीको विलासी होटलमा २० जना ल्याइतेका साथ सेल्फ आइसोलेसनमा रहेको खबर आएको छ । 

राजाले बाभारियामा रहेको ग्रान्ड होटल सोन्नेनबिच्ल पूरै बूकिङ गरेको र कोरोनाभाइरस महाव्याधिबाट बच्न सेल्फ आइसोलेसनमा बसेको विश्वास गरिएको छ । 

जर्मन पत्रिका बिल्डमा ६७ वर्षीय राजाले स्थानीय जिल्ला परिषद्सँग अनुमति लिएर पूरै होटल बूक गरेको खबर छ । 

राजाकी चौथी पत्नी उनीसँगै होटलमा छिन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेको छैन किनकि राजासँग रहेका ११९ जनालाई थाइल्यान्ड नै फर्काइएको छ । उनीहरूलाई कोरोना संक्रमणको आशंका गरिएको छ । 

जर्मनीमा थाइ राजाको दोस्रो घर छ र उनी अधिकांश समय त्यहीँ बिताउँछन् । उनी फेब्रुअरी महिनायता सार्वजनिक स्थानमा देखिएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्