०५ साउन २०८३, मंगलबार

ऋणीलाई राहत: चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने, हर्जाना नलाग्ने

ऋणीलाई राहत: चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने, हर्जाना नलाग्ने

कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिने निर्णय गरेको छ। 

व्यापारव्यवसाय नै ठप्प भएपछि राष्ट्र बैंकले ऋणको साँवा ब्याज तिर्ने भाका बढाइदिएको हो।  राष्ट्र बैंकले आइतबार १९ बुँदे सर्कुलर  जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा
असारमा बुझाएमा हर्जाना नलाग्ने निर्णय गरेको हो।

यद्यपि, चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।

सर्कुलरमा भनिएको छ,‘०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी ०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन।’ 
 

salt training

कमेन्ट गर्नुहोस्