३० जेठ २०८३, शनिबार

बंगलादेशमा हिन्दू विद्यार्थीलाई गाईको मासु दिइएपछि विवाद

कात्तिक २०, २०७४
बंगलादेशमा हिन्दू विद्यार्थीलाई गाईको मासु दिइएपछि विवाद

काठमाडौं, ८ वैशाख — बंगलादेशको ढाका विश्वविद्यालयमा हिन्दू विद्यार्थीहरूलाई गाईको मासु पस्किएपछि विवाद भएको छ । यसमा कारवाही गर्दै विश्वविद्यालय प्रशासनले क्यान्टीनका लीजहोल्डरको लीज रद्द गरिदिएको छ ।


हिन्दू विद्यार्थीको धार्मिक भावनामाथि चोट पु–याउने क्रियाकलाप भएकोमा विश्वविद्यालयले घटनाको जाँचको आदेश पनि दिएको छ । यसका लागि विश्वविद्यालयले एक समिति गठन गर्दै एक हप्ताभित्र प्रतिवेदन बुझाउन लगाएको छ ।

विश्वविद्यालयको फाइन आर्ट्स विभागको क्यान्टीनका लीजहोल्डर फोर्थ ग्रेडका कर्मचारी जाकिर हुसैन यसमा दोषी देखिएपछि उनलाई निष्काशन गरिएको छ ।

आइतवार बंगाली नयाँ वर्ष उत्सव मनाउन हजारौं विद्यार्थी भेला भएकोमा बिहानीपखको खानामा गाईको मासु पस्किएको पाइयो ।

विद्यार्थीहरूले क्यान्टीनमा गाईको मासुको अनुमति नदिइएको बताएपनि जबर्जस्ती मासु ल्याइएको थियो र यसका बारेमा हिन्दू विद्यार्थीलाई भ्रममा राख्न खोजिएको थियो ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्