२९ जेठ २०८३, शुक्रबार

उत्तर कोरियाबाट भागेकी कैदीको दाबी– बन्दीहरूको लाशलाई मल बनाएर खेती गरिँदै

चैत १८, २०७६
उत्तर कोरियाबाट भागेकी कैदीको दाबी– बन्दीहरूको लाशलाई मल बनाएर खेती गरिँदै

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका एक कैदीले मुटु कँपाउने दाबी गरेकी छन् । उनका अनुसार, राजनीतिक कैदीहरूको शवलाई मल बनाएर सेनाका जवानका लागि अन्न उब्जनी गर्ने काम उत्तरको सरकारले गरिरहेको छ । 
द डेली मेलमा छापिएको समाचारअनुसार, उत्तर कोरियाको काएचोन शिविरमा बन्दी बनाइएकी कैदी किम इल–सून (छद्म नाम) ले यो दानवीय अभ्यासको खुलासा गरेकी हुन् । 

शिविरका गार्डहरूले यो विधि सफल रहेको र यसलाई खेती गर्न गाह्रो हुने पहाडी भूमिमा अपनाउने बताएको इल–सूनको भनाइ छ । 

कोरोनाभाइरस महाव्याधिको प्रकोपका बेलामा समेत क्षेप्यास्त्र परीक्षण गरिरहेको भनी उत्तर कोरियाको निन्दा भइरहेको बेलामा इल–सूनको दाबी आएको हो । 

उनले भनिन्, ‘त्यहाँको जमीन ऊर्वर छ र खेतीपाती सफल छ किनकि त्यहाँ गाडिएका लाशले प्राकृतिक मलको काम गर्छ । केही गार्डले वरपरका अन्य क्षेत्रमा पनि लाश गाड्नुपर्ने अनि पूरै क्षेत्र ऊर्वर हुने बताए ।’

‘उनीहरूले पहाडमा लगेर लाश गाडे । एकचोटि एक बालक पहाडमा पिसाब गरिरहेका थिए । उनले एउटा हात जमीनबाट बाहिर निस्केको देखे किनकि लाश राम्ररी गाडिएको थिएन ।’

इल–सूनले दक्षिण कोरियामा रहेको द कमिटी फर ह्युमन राइट्स इन नर्थ कोरियासमक्ष स्तब्ध बनाउने यस्तो खुलासा गरेकी हुन् । 

उनको दाबीलाई समर्थन गर्दै कमिटीले शिविरमा शवदाहगृह नरहेको र भूउपग्रहीय तस्वीरमा पनि नदेखेको उल्लेख गर्‍यो । 

एचआरएनकेका कार्यकारी निर्देशक ग्रेग स्कार्लातोइउले यस नयाँ प्रमाणबाट महाव्याधिका बेलामा समेत किम सरकारको अपराध जारी रहेको स्पष्ट भएको छ भने ।

salt training

कमेन्ट गर्नुहोस्