२३ असार २०८३, मंगलबार

अचम्म ! कोमामा रहेकी महिलाले सन्तान जन्माइन्

कात्तिक २०, २०७४
अचम्म ! कोमामा रहेकी महिलाले सन्तान जन्माइन्

घटना एक वर्ष पुरानो हो । अर्जेन्टिनामा अमिलिया बेनन नामक महिलाले लगातार चार महिना कोमामा रहेकै अवस्थामा सन्तान जन्माएकी थिइन् ।


चिकित्सकहरू पनि यस्तो घटना देखेर तीनछक्क परे । यस्तो अचम्मको खबर तत्कालै इन्टरनेटमा भाइरल भयो ।

उनी कोमामा पुग्नुका पछाडि भने कारुणिक कारण थियो । गर्भवती अवस्थामै एक भयानक कार दुर्घटनामा परेपछि अमिलिया कोमामा पुगिन् । कोमामा जाँदा उनले बच्चा जन्माउने सम्भावना पटक्कै नभएको चिकित्सकहरूको विश्वास थियो ।

तर गर्भवती अवस्था पूरा भएपछि उनले स्वस्थ बच्चा जन्माइन् । यसबीचमा उनकी बहिनीले बच्चा सेनटिनोको हेरचाह गरिन् ।

सेन्टिनो क्रिसमसकै दिन जन्मिएका थिए । त्यसैले उनको परिवार उनलाई जीसस क्राइस्टको वरदान मान्छन् ।

अहिले अमिलिया होशमा आइवरी घर फर्किसकेकी छन् अनि अलिअलि हिँड्न पनि थालिसकेकी छन् । उनको स्वास्थ्यमा तीव्र सुधार आएपछि चिकित्सकहरू पनि खुशी भएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्