२६ जेठ २०८३, मंगलबार

आकस्मिक स्वास्थ्य सेवा नरोक्न अस्पताललाई निर्देशन

चैत १९, २०७६
आकस्मिक स्वास्थ्य सेवा  नरोक्न  अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सार्वजनिक तथा सरकारी अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा नरोक्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई आकस्मिक सेवा दिई बिरामीको उपचार गर्न निर्देशन दिए । उनले औषधि उपचार गर्न निर्देशन दिनुभएको हो । कोरोना भाइरसको शङ्कामा अस्पतालले बिरामी फर्काइरहेको बेला यस्तो निर्देशन दिइएको हो ।

उनले अस्पतालमा उच्च ज्वरोका बिरामी जाँदा उपचार नगरेर मृत्यु भएको भन्ने समाचार बाहिर आएकाले ज्वरो लगायतका समस्या लिएर आउने बिरामीलाई उपचार गर्न निर्देशन दिए । डा. कार्कीले अस्पतालले ज्वरोका बिरामीलाई कोरोनाको आशङ्कामा उपचार नगरेको भन्ने खबर आएको छ । आशङ्काको भरमा बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट पीडित बिरामीको मृत्यु हुने सम्भावना हुन्छ भने । उनले अस्पताललाई चाहिने आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छौँ, त्यसैले ज्वरोको बिरामीको स्वास्थ्य परीक्षण नगरी मर्ने स्थितिमा नपुर्‍याउनुहोस् भने ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कोरोना भाइरसबाट सङ्क्रमण भएका परिवार, साथीको निगरानी गरिएको जानकारी गराए । उनका अनुसार सङ्क्रमित दुई जनाको कन्ट्रयाक ट्रेसिङ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ । उनले मन्त्रालयले मङ्गलबारदेखि नै कोरोनाको नमुना परीक्षण पोखरामा शुरू गरिएको जानकारी दिए । उनले धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमुना परीक्षणका लागि मेसिन पठाइएको जानकारी दिए । हेटौँडामा भने पहिले नै मेसिन रहेकाले रिएजेन्ट मात्र पठाइएको छ ।

यसैबीच विज्ञ सल्लाहकार डा. खेम कार्कीले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने गरेको भन्दै त्यसले समाजलाई असर पार्ने बताए । उनले र्‍यापिड टेस्ट गर्ने क्रम बढेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मान्यता अनुसार मात्र परीक्षण गर्नुपर्ने बताए ।  

salt training

कमेन्ट गर्नुहोस्