विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९)का कारण बुधवारसम्म ४२ हजारको मृत्यु भएको छ ।
प्रिल १ गते बिहानसम्म ४२ हजार १ सय ५१ जनाको मृत्यु भएको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन ।
विश्वमा ८ लाख ५८ हजार ६ सय ६९ जनालाई संक्रमण देखिएको छ भने १ लाख ७८ हजार ९९ जनालाई निको भएको छ । सबभन्दा धेरै अमेरिकामा १ लाख ८८ हजार ५ सय ३० जनालाई संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमण शुरु भएको चीनलाई पछि पार्दै इटाली र स्पेनमा संक्रमतिको संख्या बढेको छ । इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमति देखिएका छन भने स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित देखिएका छन् । चीनमा ८१ हजार ५ सय १८ लाई संक्रमण देखा परेको थियो ।
मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १२ हजार ४ सय २८, दोस्रोमा स्पेनमा ८ हजार ४ सय ६४को मृत्यु भएको छ । इटाली र स्पेन पछि अमेरिकामा ३ हजार ८ सय ८९, फ्रान्समा ३ हजार ५ सय २३ र चीनमा ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।
बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । नेपालमा भने १ हजार ६० जनाको परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको तथा १ जनालाई निको भएको छ ।