बेलायतमा स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरसबाट बच्नका लागि दाह्री खौरिन आदेश दिइएको छ ।
चिकित्सक र नर्सहरूले सुरक्षा उपकरण लगाउनुपर्छ र उनीहरूलाई दाह्री खौरिन भनिएको छ । झ्याप्ले दाह्रीका कारण मास्कहरू फिट नहुने र राम्ररी काम नगर्ने बताइएको छ ।
अहिले स्वास्थ्यकर्मीहरूले एफएफपी३ मास्क लगाउनुपर्छ जसले नाक र मुखबाट ९९ प्रतिशत भाइरस रोक्छ । रोगीलाई जाँच्नुअघि चिकित्कसहरूले फिट हुन्छ हुँदैन भनी हेर्नुपर्छ ।
दाह्रीले गर्दा मास्क राम्ररी सील नहुने र काम नगर्ने अवस्था आउँछ ।
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीहरूलाई जोखिम हटाउनका लागि सफाचट भएर बस्न भन्नुपर्ने राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ ।
इप्स्विच अस्पतालका जनरल फिजिसियन डा क्रेग शेरिडानले अस्पताल प्रवेश गर्नुअघि दाह्री काट्न लगाइएको बताए ।
एक दिनभन्दा बढीको दाह्री नराख्न भनिएको उनको भनाइ छ ।