२५ असार २०८३, बिहीबार

लकडाउनका बेलामा प्रहरी कार्यालयमा गएर बिहे गर्‍यो यस जोडीले

चैत १९, २०७६
लकडाउनका बेलामा प्रहरी कार्यालयमा गएर बिहे गर्‍यो यस जोडीले
सांकेतिक तस्वीर

भारतको उडिसामा एक जोडीले मंगलवार एक प्रहरी कार्यालयमा गएर बिहे गरेको छ । देशमा २१ दिनसम्म लगाइएको लकडाउन (बन्दाबन्दी) का कारण आवागमन ठप्प भएपछि यस्तो घटना भएको हो । 

नाडिपाडाकी पवित्र साहू र अम्बपालीकी लक्ष्मी मेहरले स्थानीय म्यारिज रजिस्ट्रारको कार्यालयमा बिहे गर्ने योजना बनाएका थिए । साहू गाडी मेकानिक हुन् र उनी एक वर्षदेखि मेहरसँग प्रेममा थिए । 

मंगलवार यस जोडीले बारगढ प्रहरी कार्यालयलाई विवाहस्थल बनाएर बिहे गर्‍यो किनकि म्यारिज रजिस्ट्रारको कार्यालय मार्च २५ देखि बन्द छ । 

उनीहरू प्रहरी कार्यालय गए र बिहे गर्न चाहेको भनी प्रहरी निरीक्षक सदानन्द पुजारीलाई बताए । ‘मैले जोडीलाई प्रहरी कार्यालयमा बिहे गर्ने अनुमति दिएँ किनकि देशभरि अहिले लकडाउनको स्थिति छ । उनीहरूले अब पतिपत्नी भई बस्ने भनी हामीलाई लेखेर दिएका छन् ।’

जोडीलाई ह्यान्ड स्यानिटाइजर र मास्क दिइएको थियो । साहूले मेहरको गलामा मंगलसूत्र लगाए ।

जोडी र प्रहरी अधिकारीहरूले बिस्कुट खाएर भोज गरे किनकि मिठाइ उपलब्ध थिएनन् । पछि चाहिँ उक्त जोडी देवी मन्दिर गएर आशीर्वाद लियो । 
 

salt training

कमेन्ट गर्नुहोस्