
दक्षिण अफ्रिकाका एक ७२ वर्षीय नेताको मृत्यु भएपछि उनले चढ्दै आएको मर्सिडिज कारभित्रै राखेर अन्तिम दाहसंस्कारका रूपमा जमिनमुनि पुरिएको छ ।
चिफ पिस्टो नामका उनलाई उनकै अन्तिम इच्छाअनुसार सेतो मर्सिडिज कारमा राखेर दाहसंस्कार गरिएको हो ।
उनकै इच्छाअनुसार उनलाई सेतो कोट लगाइएको थियो भने उनको हात स्टेरिङ व्हीलमा राखिएको थियो ।
कोभिड १९ को महामारीका कारण उनको अन्तिम दाहसंस्कारमा धेरै मान्छे भेला हुन पाएनन् । उनी पहिलाका प्रतिष्ठित व्यापारी पनि थिए ।
यस्तो अनौठो खालको दाहसंस्कार भएपछि दक्षिण अफ्रिकामा यसको चर्चा भइरहेको छ ।



