२३ जेठ २०८३, शनिबार

एक महिनामा कोरोनाभाइरस महाव्याधिको ‘टर्निङ पोइन्ट’ आउने विज्ञको दाबी

चैत २०, २०७६
एक महिनामा कोरोनाभाइरस महाव्याधिको ‘टर्निङ पोइन्ट’ आउने विज्ञको दाबी

चीनका प्रमुख स्वास्थ्य सल्लाहकार डा झोङ नानाशानले अप्रिल महिनाको अन्त्यसम्ममा कोरोनाभाइरस महाव्याधिको टर्निङ पोइन्ट आउने दाबी गरेका छन् । 

यी ८३ वर्षीय संक्रामक रोग विशेषज्ञले चीनमा शक्तिशाली निगरानी प्रणाली भएका कारण संक्रमणको दोस्रो लहर नदेखिने पनि भविष्यवाणी गरेका छन् । 

डा झोङले शेनजेन टेलिभिजनमा बुधवार अन्तर्वार्ता दिने क्रममा यो कुरा बताएका हुन् । 

उनले भने, ‘कोरोनाभाइरस उच्च संक्रामक छ र यसको मृत्युदर पनि उच्च छ । यसलाई रोक्न दुईवटा विधि छन् । पहिलो, संक्रमण दरलाई न्यून स्तरमा पुर्‍याउने र फैलिनबाट रोक्ने । दोस्रो, संक्रमण रोक्ने र रोगीहरूको संख्या घटाउनका लागि उपचार गर्ने । विभिन्न मुलुकले कडा उपाय अपनाइरहेकाले अप्रिलको अन्त्यसम्म पुष्टि भएका नयाँ केसहरूमा कमी आउने मेरो अनुमान छ ।’

डा झोङले देशमा नयाँ संक्रमणको खतरा रहेको भन्ने दाबीलाई खारेज गरे । लक्षण नदेखिएका मौन वाहकहरूले संक्रमण सार्ने भनी चेतावनी दिइएकोमा उनले त्यसलाई खारेज गरेका हुन् । 

लक्षण नदेखिएका केसमा उच्च संक्रमण दर हुने कुनै प्रमाण फेला नपरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्