
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लंघन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुकीछिपी भारत हिँडेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकामध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
विकास निर्माण तथा उद्योगको काम ठप्प भएपछि उनीहरू हिँडेरै भारत प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ ।