०६ असार २०८३, शनिबार

भारतबाट फर्केकाको कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ

चैत २०, २०७६
भारतबाट फर्केकाको कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ
प्रतिकात्मक तस्वीर

तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड १९) नतिजा नेगेटिभ आएको छ ।

ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । 

सोमवार स्वाब संकलन गरिएकोमा बुधवार प्राप्त भएको रिपोर्ट अनुसार थापामा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

२ हप्ताअघि भारतबाट फर्किएका थापालाई ज्वरो आएको थाहा पाएपछि गाउँपालिकाले आइतवार परीक्षणका लागि पोखरा पठाएको थियो । उक्त दिन प्रतिष्ठानले उनलाई भर्ना नलिएपछि उनले प्रतिष्ठान प्राङ्गणमा रात बिताएका थिए ।

उनको बारेमा विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि सोमवार प्रतिष्ठानले स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्