
जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमतिपत्र) वितरण बन्द गरेको छ ।
कार्यालयले बुधवार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो ।
पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत ईश्वर सिंखडाले जानकारी दिए ।
उनले सरकारको निर्णय अनुसार अनुमति पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउन सक्ने बताए ।