१५ असार २०८३, सोमबार

चीनबाट मेडिकल सामग्री ल्याउन वाइडबडी जहाज ग्वाङजाओ प्रस्थान

चैत २०, २०७६
चीनबाट मेडिकल सामग्री ल्याउन वाइडबडी जहाज ग्वाङजाओ प्रस्थान
फाइल फोटो

छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।

कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण ल्याउन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर बिहीवारै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यसअघि बुधवार अस्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अस्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइडबडी जहाज पनि बिहीवारै राति फर्कने उडान तालिका रहेको छ ।

यसअघि चैत १६ गते निगमको वाइडबडी जहाजले ग्वाङ्जाओबाट करीब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो । 

देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका सांघाईलगायत गन्तव्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।

मलेसियन जहाजले लग्यो नेदरल्याण्डका नागरिक 

लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरू बिहीवार बिहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् ।

यसअघि अस्ट्रेलिया, अमेरिका तथा  युरोपका फ्रान्स, जर्मनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्धित मुलुक लगेका थिए ।

निगमको वाइडबडीले अस्ट्रेलिया तथा कतार एयरवेजले अन्य मुलुकको चार्टड उडान गरेको थियो । आन्तरिकतर्फ केही हेलिकप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्