२४ जेठ २०८३, आइतबार

कोरोना संकटका कारण ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारीलाई निलम्बन गर्ने

चैत २०, २०७६
कोरोना संकटका कारण ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारीलाई निलम्बन गर्ने

ब्रिटिश एयरवेजले क्याबिन क्रु, ग्राउन्ड स्टाफ, इन्जिनीयर र कार्यालयका कर्मचारी लगायतका ३६ हजार कर्मचारीलाई निलम्बन गर्ने भएको छ । कोरोनाभाइरस महाव्याधिका कारण उसले यस्तो निर्णय लिन लागेको हो । 

एयरवेजले आफ्ना विमानहरू लन्डनको ग्याटविक विमानस्थलमा थन्क्याएको छ र कर्मचारी युनियनसँग एक हप्तादेखि कुराकानी गरिरहेको छ । 

दुई पक्षले मोटामोटी सहमति गरिसकेका छन् तर केही सूक्ष्म कुरामा सहमति हुन बाँकी छ । 

सहमतिअनुसार, ब्रिटिश एयरवेजका ८० प्रतिशतसम्म कर्मचारीहरूलाई लामो छुट्टीमा पठाइनेछ तर कसैलाई पनि जागिरबाट निकालिने छैन । 

महाव्याधि अन्त्य नहुन्जेलसम्म ग्याटविक र लन्डन सिटी एयरपोर्टमा कार्यरत ब्रिटिश एयरवेजका सबै कर्मचारीलाई निलम्बन गरिनेछ किनकि त्यहाँ विमानहरू आउजाउ गरिरहेका छैन् । हीथ्रो विमानस्थलमा भने ब्रिटिश एयरवेजको सेवा जारी छ ।

निलम्बनमा परेकाहरूले सरकारी योजनाअन्तर्गत तलबको ८० प्रतिशत रकम पाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्