१५ असार २०८३, सोमबार

‘बिहे पछि गरौंला, अहिले बिरामीको उपचार गर्छु’– डाक्टरले देखाइन् निःस्वार्थ भाव

चैत २०, २०७६
‘बिहे पछि गरौंला, अहिले बिरामीको उपचार गर्छु’– डाक्टरले देखाइन् निःस्वार्थ भाव

भारतको केरलामा बस्ने सर्जन डा शिफा मोहम्मदको विवाह दुबईमा बस्ने एक व्यापारीसँग यही आइतवार हुनुपर्ने थियो । 

तर देशमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि बिहे गर्नुको साटो उनी सुरक्षा वस्त्र लगाएर कोरोनाका रोगीहरूको उपचारमा खटिएकी छन् । 

बिहे हुनुपर्ने दिन डा मोहम्मद कन्नुरमा रहेको परियारम अस्पतालको आइसोलेसन वार्डमा व्यस्त थिइन् । दुलहीले लगाउने जरीवाला वस्त्रको साटो उनी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर बसेकी थिइन् । 

‘बिहे त पछि गर्दा पनि हुन्छ, तर आइसोलेसन वार्डमा बाँच्नका लागि संघर्ष गरिरहेका मेरा बिरामीहरूलाई अलपत्र छोड्न मिल्दैन,’ उनले दुलाहा र आफ्ना मातापितालाई बताइन् । उनीहरूले डा शिफाको निर्णय माने । 

‘प्रत्येक युवतीको जीवनमा विवाह महत्त्वपूर्ण घटना हो । तर मेरी छोरीले व्यक्तिगत चाहनालाई पछि सार्दै सामाजिक जिम्मेवारी र व्यावसायिक प्रतिबद्धता देखाएकी छन् । उनले बिहे सारौं भन्दा हामीले सजिलै मान्यौं,’ पिता मुक्कम मोहम्मदले भने । 

‘हामीले दुलाहा अनुस मोहम्म्दलाई यो कुरा भन्दा उनले पनि सजिलै माने । म सामाजिक कार्यकर्ता हुँ र मेरी पत्नी शिक्षिका हुन् । मेरा दुवै छोरीले हामीमा रहेको सामाजिक भावनालाई अपनाएका छन्,’ उनले थपे । 

उनकी जेठी छोरी पनि चिकित्सक हुन् र अहिले कोझिक्कोडे अस्पतालमा खटिएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्