काठमाडौं, ७ पुस– परराष्ट्र मन्त्रालयको हेलचेक्र्याईँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव नेपालपत्नी गायत्री झण्डै २० घण्टा टर्कीको स्तानबुल विमानस्थलस्थित अध्यागमनको नियन्त्रणमा परिन् ।

थाइल्याण्डको बैंककस्थित नेपाली दूताबासबाट एक नेपालीले लिएको ट्राभल डकुमेन्टको नम्बर गायत्रीले लिएको कुटनीतिक राहदानीमा परराष्ट्रले राखिदिएपछि उनी स्थानबुल अध्यागमनको नियन्त्रणमा परेकी आजको अन्नपूर्ण पोष्टले खबर छापेको छ ।
उक्त ट्रभल डकुमेन्टको नम्बर राहदानी विभागले रद्द गरिसकेकाले कालोसूचिमा थियो ।
थाइल्याण्डबाट नेपाल आएपछि ती व्यक्तिले ट्राभल डकुमेन्ट रद्द गरि नयाँ पासपोर्ट बनाएका थिए ।
राहदानी विभागले डकुमेन्टको नम्बरसहित रद्द भएको विवरण नेपाल प्रहरीको इटरपोलमा पठाएको थियो ।
विभागले हेलचेक्र्याइपूर्ण तरिकाले ट्राभल डकुमेन्टको नम्बर गायत्रीको कुटनीतिक राहदानीमा राखिदिएपछि समस्या उत्पन्न भएको हो ।