काठमाडौं, ९ वैशाख– आफ्नो नाउँमा जग्गाको लालपूर्जा नभएका कारण आवास निर्माण गर्नबाट बञ्चित भएका भूकम्पपीडितलाई सरकारले थप राहत दिने भएको छ ।
जग्गाको स्वामित्व नभएका पीडितलाई घडेरी खरिदका लागि २ लाख रुपैयाँ दिइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले लाभग्राही सूचीमा परेका तर आफ्ना नाउँमा जग्गा नभएका पीडितलाई घडेरी खरिदका २ लाख रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि संशोधन गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।