काठमाडौं, ९ वैशाख– नेपाल सरकारले परराष्ट्र नीति पुनरावलोकन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशिल परराष्ट्र नीतिको दस्तावेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन सरकारले शुक्रबार कार्यदल गठन गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा मन्त्रिपरिषदद्वारा कार्यदलमा मन्त्री महतसहित अर्थ, कुटनीति, श्रम, कानून, सुरक्षा लगायत विभिन्न क्षेत्रका १६ जिज्ञ छन् । आजको गोरखापत्रमा खबर छ ।