३० जेठ २०८३, शनिबार

काठमाडौंमा ‘कौवा’ले सिक्री लुट्यो, प्रहरीले पक्राउ गरेपछि खुल्यो राज

कात्तिक २०, २०७४
काठमाडौंमा ‘कौवा’ले सिक्री लुट्यो, प्रहरीले पक्राउ गरेपछि खुल्यो राज

काठमाडौं, ९ वैशाख– नयाँ वर्षको पहिलो दिन वैशाख १ गते साँझ कलङ्कीबाट बलम्बू जान चढ्दै गरेकी सशस्त्र प्रहरी बलकी जवान खुश्वु लामाको गर्धनबाट अपरिचित व्यक्तिले झ्याप्प सिक्री लुटेर लग्यो ।

जवान लामा तत्काल बसबाट झरेर नजिकै रहेको प्रहरी कार्यालय पुगिन् र सिक्री लुटिएकोबारे खबर गरिन् । नयाँ वर्ष भएकाले त्यस दिन कलङ्की क्षेत्रमा सर्वसाधारणको बाक्लो चहलपहल रहेकाले त्यसै दिन प्रहरीले सिक्री लुटेराको पहिचान गर्न सकेन ।

त्यसको भोलिपल्ट प्रहरी जवान लामासँग नै सोधपुछ गरी सिक्री लुटेराको अनुसन्धान सुरु गर्यो । पीडित लामाले दिएको हुलियाका आधारमा सिक्री लुटेरा ‘कौवा’ भन्ने व्यक्तिको पहिचान खुल्यो ।

कौवाको खोजी गरिरहेकै बेला कलङ्की क्षेत्रको चर्चित लुटेराको अभियोगमा नाम कमाएका उदेश प्रधान पक्राउ परे । कलङ्की क्षेत्रको सम्पन्न प्रधान परिवारको कान्छो सन्तान उदेश लुटपाट, डकैती र चोरीको अपराधमा पटक पटक पक्राउ पर्न थालेपछि उनले परिवार र प्रहरीबाट जोगिन कौवा नाम राखेर अपराध थालेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा प्रमुख प्रहरी नायव उपरीक्षक नवराध अधिकारीले कौवालाई पक्रेपछि लुटिएका सिक्रीहरु बियरको बोतलभित्र लुकाएर राखेको अवस्थामा फेला परेको जानकारी दिए । सम्पत्तिले अपुग भएर नभई आनीबानी नै अपराधिक भएपछि परिवारले समेत कौवालाई घरबाट लखेटेको छ । गोरखापत्रमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्