०३ साउन २०८३, आइतबार

बच्चा जन्माएको केही घन्टापछि कोरोनाभाइरसका कारण आमाको मृत्यु

चैत २३, २०७६
बच्चा जन्माएको केही घन्टापछि कोरोनाभाइरसका कारण आमाको मृत्यु

युक्रेनमा गालिना नामक एक महिलाले छोरी जन्माएको केही घन्टापछि नै कोरोनाभाइरसका कारण ज्यान गुमाएकी छन् ।  

ती ३६ वर्षीया महिलालाई पश्चिमी युक्रेनमा रहेको इभानो–फ्रांकिव्स्क शहरको प्रसूतिगृहमा राखिएको थियो । त्यहाँ नै उनलाई कोरोना लागेको बताइएको छ । 

मार्च १० मा उनी प्रसूतिगृहमा भर्ना भएकी थिइन् । त्यतिखेर उनमा भाइरसको कुनै लक्षण देखिएको थिएन । तर त्यहाँ १९ दिन बस्दा उनी गम्भीर बिरामी भइन् । 

स्थानीय स्वास्थ्य अधिकारीहरूका प्रवक्ता भोलोदीमीर चेम्नीले पत्रकार सम्मेलनमा भने, ‘मार्च २९ मा महिलाको स्वास्थ्य स्थिति बिग्रियो । उनको रगतमा अक्सिजनको मात्रा स्वाट्टै घट्यो । उनलाई १०२.२ ज्वरो आयो । उनलाई सास फेर्न गाह्रो हुन थाल्यो र निमोनिया पनि लाग्यो । पछि उनलाई कोरोनाभाइरस पोजिटिभ पाइयो ।’

त्यसै साँझ गालिनाले साढे २ किलोकी स्वस्थ बालिकालाई जन्म दिइन् । 

उनको स्वास्थ्यस्थिति बिग्रिएपछि सघन उपचार कक्षमा लगियो र भेन्टिलेटरमा राखियो । 

गालिनाकी नातेदार ओक्साना स्तासेभिचले भनिन्, ‘उनको मृत्यु हुन लागेको छ भनी हामीलाई भनियो । उनीहरूले हामीलाई उनी रहेको वार्डमा पसेर अलबिदा भन्न दिए ।’

गालिानालाई प्रसूतिगृहमै कोरोनाभाइरस लागेको र त्यहाँका कर्मचारीको हेल्चेक्य्राइँका कारण उनको मृत्यु भएको आरोप स्तासेभिचले लगाइन् ।

स्वास्थ्यकर्मीहरूले सुरक्षा उपकरण नलगाएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्