१८ असार २०८३, बिहीबार

भारतमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिले गरे आत्महत्याको कोशिश

चैत २३, २०७६
भारतमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिले गरे आत्महत्याको कोशिश

भारतको दिल्लीमा रहेको लोकनायक जयप्रकाश अस्पतालमा आइतवार बिहान कोरोना संक्रमणको आशंका गरिएका एक बिरामीले अस्पतालको तेस्रो तल्लाबाट हाम्फलेर आत्महत्याको प्रयास गरेका छन् । 

उनी मार्च ३१ मा अस्पतालमा भर्ना भएका थिए तर उनको कोरोना रिपोर्ट आइसकेको छैन । 

अस्पताल भवनबाट हाम्फाल्दा पनि उनी बाँचे तर गोडा भाँचियो । तेस्रो तल्लाबाट हाम्फाल्दा उनी पहिलो तल्लामा रहेको जस्ताको छानामा खसे । त्यसपछि उनी भुइँमा पछारिए ।

चिकित्सकहरूका अनुसार, उनको स्वास्थ्य स्थिति स्थिर छ । कोरोना संक्रमणका कारण उनी अति नै डराएको त्यसैले आत्महत्याको प्रयास गरेको चिकित्सकहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्