३१ जेठ २०८३, आइतबार

यो हो करोड कमाउने पहिलो भारतीय फिल्म

कात्तिक २०, २०७४
यो हो करोड कमाउने पहिलो भारतीय फिल्म
भारतीय सिनेमाको पहिलो फिल्म बनेको थियो १९१३ मा । जसको नाम थियो–राजा हरिशचन्द्र । त्यसपछि धेरै फिल्म भारतीय उद्योगमा आए जसले केही सालमा भारतीय सिनेमाको दिशा र दशा दुवै बदले ।

भारतीय फिल्ममा करोड कमाउने धेरै चलचित्र बनिसकेका छन् पछिल्ला दिनहरुमा । तर पहिलो करोड कमाउने फिल्मका बारेमा धेरै भने जानकार नहुन सक्छन् ।

१९४३ मा बनेको फिल्म किस्मतमा देखिए अशोक कुमार तथा मुमताज शान्ति । अमृत गंगर भन्छन्,‘यस फिल्मको कमाइ यसकारण भयो किनकी त्यो समय नै यस्तै थियो । यस फिल्मको कहानी यस्तो थियो जतिखेर भारतका मानिस भारत छोडों आन्दोन जस्तो आन्दोलनमा जोडिएका थिए । र, यो फिल्ममा पनि देश भक्तिको भावना रहेको थियो ।

यो फिल्म कोलकताको एक सिनेमा घर राक्सीमा १८६ हप्तासम्म चलेको थियो । जसको रेकर्ड शोलेले तोडेको थियो ।

किस्मत पहिलो फिल्म बनेको थियो जसले पहिलो पटक एक करोड कमाएको थियो । साथै विर्सन नसकिने कहानी पनि ।

salt training

कमेन्ट गर्नुहोस्