०८ असार २०८३, सोमबार

सेनाले भन्यो-स्वास्थ्य सामग्री खरिदमा मध्यस्तकर्ताको प्रयोग हुँदैन, डब्लुएचओको मापदण्ड पूरा गर्छौँ

सेनाले भन्यो-स्वास्थ्य सामग्री खरिदमा मध्यस्तकर्ताको प्रयोग हुँदैन, डब्लुएचओको मापदण्ड पूरा गर्छौँ

सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाईृ दिएसँगै प्रक्रिया अगाडि बढेको छ।

 मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले कोरोना रोकथामका लागि आवश्यक पर्ने औषधि, उपकरण र अन्य सामग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर सेनामार्फत जीटूजी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेको थियो।  जंगी अड्डाले आइतबार विज्ञप्ति जारी गरेर ‘सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको’ उल्लेख गरेको छ। 

 सेनाले डब्लुएचओको मान्यता प्राप्त सामग्री मात्र खरिद गर्ने, मध्यस्तकर्ताको प्रयोग नगर्ने, गुणस्तरमा सम्झौता नगरिने दाबी गरेको छ।  


 
 

salt training

कमेन्ट गर्नुहोस्