
अमेरिकाको न्युयोर्कमा रहेका चार जना नेपालीको शनिबार कोरोनाका कारण ज्यान गएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको ज्यान भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण ज्यान जानेको संख्या पाँच पुगेको छ।
शनिबार अरू चारजनाको ज्यान गएको हो । यसरी ज्यान गुमाउनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु छन्। सबै न्युयोर्कमा बस्दै आएका थिए। ज्यान गुमाएकाका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए।