काठमाडौं, ९ वैशाख– सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले बिभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा गोंगबु क्षेत्रमा सीसी क्यामेरा जडान गरेको छ । नयाँ बसपार्क गेटबाट गोंगबु चोक सम्म ८ वटा सीसी क्यामेरा जडान गरिएको हो ।
महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बम बहादुर भण्डारीले सीसी क्यामेराको उद्घाटन गरेका छन् । प्रहरीले हरेक कार्यमा समुदायसँग मिलेर अगाडी बढ्ने नीति लिएको भन्दै डिआईजी भण्डारीले आफ्नो कार्यकालमा पनि यसलाई निरन्तरता दिने बताए ।
सीसी क्यामेरा जडान गरिएपछि गोंगबु क्षेत्रमा हुने आपराधिक घटनामा कमि आउने बिश्वास लिइएको छ । करिब ७ लाख ५१ हजार रुपैयाँको लागतमा सीसी क्यामेरा जडान गरिएको हो ।