२७ जेठ २०८३, बुधबार

के कोरोनाविरुद्ध लसुन प्रभावकारी छ ?

चैत २४, २०७६
के कोरोनाविरुद्ध लसुन प्रभावकारी छ ?

कोरोना भाइरसविरुद्ध लसुनको सेवन प्रभावकारी हुन्छ भन्ने समाजमा धेरैको विश्वास रहेको पाइन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि लसुनलाई खाद्य पदार्थ मानेको छ । 

- उसका अनुसार लसुनले धेरै रोगसँग लड्न सक्ने सम्भावना राख्दछ । तर, लसुन खाँदा कोरोनाको प्रभावलाई कम गर्न सकिन्छ भन्नेमा कुनै प्रमाण छैन । यद्यपि, लसुन खाँदा कसैलाई हानि भने गर्दैन, तर कोरोना लाग्नबाट जोगिन भन्दै बढी लसुन खाएमा भने त्यसले पक्कै असर गर्न सक्छ ।

- साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार एउटी महिलाले कोरोना लाग्दैन भन्ने विश्वास गरेर करिब १ केजी कच्चा लसुन खाइन् त्यसपछि उनको घाँटीमा ठूलो समस्या आयो ।

- फलफूल, तरकारी र पिउने पानी स्वास्थ्यका लागि फाइदाजनक छ, यो सबैलाई थाहा भएको विषय हो । तर, कस्तो खाना खाँदा कोरोना भाइरस हटाउन सकिन्छ भन्ने हालसम्म प्रमाणित भएको छैन । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्