१७ असार २०८३, बुधबार

ऊर्जामन्त्री पुनले गरे रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

ऊर्जामन्त्री पुनले गरे रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले काठमाडौंबाट गृहजिल्ला रोल्पामा कोरोना भाइरस रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

मन्त्री पुनले सोमवार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन् ।

मन्त्री पुनले पीपीई सेट ११० थान पठाएका छन् । पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् । पञ्जा १ हजार थान, आधा लिटरको स्यानिटाइजर १३ वटा र मास्क १ हजार थानसमेत रोल्पा पठाइएको छ ।

स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए ।

रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो । जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपतका समयमा मतदातासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका छन् ।

यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएका ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्