१० असार २०८३, बुधबार

अब नयाँ वर्ष पनि घरभित्रै, वैशाख ३ सम्म लम्बियो लकडाउन

अब नयाँ वर्ष पनि घरभित्रै, वैशाख ३ सम्म लम्बियो लकडाउन
प्रतिकात्मक तस्वीर

सरकारले बन्दाबन्दी (लकडाउन)को अवधि वैशाख ३ गतेसम्मका लागि बढाएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ३ गतेसम्म बढाउने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

नेपालमा कोरोनाभाइरसको दोस्रो संक्रमण पुष्टि भएपछि २ सातादेखि मुलुक लकडाउनमा छ ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ, जसमध्ये १ जना निको भएर घर फर्किएका छन् ।

अन्य ८ संक्रमितमध्ये २ जना काठमाडौं, २ जना बाग्लुङ र ४ जना धनगढीमा उपचाररत छन् ।

salt training

कमेन्ट गर्नुहोस्