२६ जेठ २०८३, मंगलबार

बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्य स्थितिमा आएन सुधार, अस्पतालमा भर्ना

बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्य स्थितिमा आएन सुधार, अस्पतालमा भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए ।

कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो ।

सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उनको अवस्था सामान्य रहेको सोमबार बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्