
लकडाउनमा नक्कली बिरामी बनाएर यात्रुलाई बोक्ने एम्बुलेन्स चालक रामेछापबाट पक्राउ परेका छन्।
मन्थली नगरपालिका ६ बाट प्रदेश ३(०१(०२२ च २१६३ नम्बरको एम्बुलेन्समा नक्कली बिरामी बनाई यात्रु बोकेको अभियोगमा प्रहरी एम्बुलेन्सका चालक गोकुलगंगा गाउँपालिका(६ फर्पु बस्ने २२ वर्षीय बुद्ध तामाङलाई आइतबार राति पक्राउ गरेको हो।
प्रहरी चौकी सेलेघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।