२८ असार २०८३, आइतबार

बाबुरामले भने- फुलटाइम प्रधानमन्त्रीकाे जरूरी छ

बाबुरामले भने- फुलटाइम प्रधानमन्त्रीकाे जरूरी छ

लकडाउनलाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याउने सरकारी निर्णयको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अनिवार्य ठानेका छन्।

कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ बाट मुलुकमा लकडाउन लागू गरेकोमा तेस्रो पटक लम्ब्याएको हो। 

समाजवादी पार्टीका संघीय अध्यक्ष रहेका भट्टराईले सोमबार राति ट्वीट गर्दै भनेका छन्, ‘लामो खुला सीमाना रहेको स्थितिमा लकडाउनको अवधि लम्ब्याउनु अनिवार्य हो ।सबैले पालना गरेका छौं। अझै सावधानीपूर्वक गरौं।’

तर भारतीय सीमामा अलपत्र रहेका, बेरोजगार, विपन्न/अशक्तको व्यवस्थापन सुधार्नु पर्ने र परीक्षण बढाउनु पर्ने उनको भनाइ छ।  मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीले अहिले फुलटाइम दिन सकेका छैनन्। उनी बालुवाटारबाटै सरकार चलाइरहेका छन्। भट्टराईले भने यो बेला फुलटाइम प्रम जरूरी  रहेको बताएका छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्