१३ असार २०८३, शनिबार

नागरिक बजारले थप १६ वितरण केन्द्र विस्तार गर्ने

कात्तिक २०, २०७४
नागरिक बजारले थप १६ वितरण केन्द्र विस्तार गर्ने

काठमाडौं, वैशाख ९ – ‘उपभोक्ता हित संरक्षणका लागि नागरिक अभियान’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको नागरिक बजारले १६ वटा वितरण केन्द्र विस्तार गर्ने भएको छ । उपभोक्ता सहकारीद्वारा सञ्चालित सस्तो मूल्यको सहकारी पसल नागरिक बजारले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा नयाँ वितरण केन्द्रहरू विस्तार गर्न लागेको हो ।

आम उपभोक्तालाई सहुलियत मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित नागरिक बजारले काठमाडौं, भक्तपुर र ललितपुरका १६ विभिन्न स्थानमा वितरण केन्द्र विस्तार गर्न लागेको हो ।

संस्थाले लक्षित क्षेत्रभित्र व्यवसाय गर्न चाहने व्यवसायीलाई सहकारीमा आवद्व भई सेवा विस्तार गर्न आग्रह गरेको छ । सञ्चालनमै रहेका किराना पसललाई पनि प्रक्रिया पु-याएर नागरिक बजार अन्तर्गत ल्याउन सकिने सहकारीका बोर्ड सदस्य महेश घिमिरेले बताए । 

नागरिक बजार हालसम्म होलसेल किराना पसलको रुपमा सञ्चालित छ । व्यवसायबाट मासिक १ लाख रुपैयााभन्दा बढी नाफा हुने सहकारीको दावी छ ।

उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको संस्थाका अध्यक्ष खेमराज ढकालले बताए । ‘नागरिक बजारमा आम उपभोक्ताले सहुलियत मूल्यमा उपभोग्य सामग्री पाउनुहुनेछ,’ उनले भने ।

करीव ५ वर्षअघि स्थापना भएको सहकारीले हाल काठमाडौंका विभिन्न २० स्थानमा वितरण केन्द्र सञ्चालनमा ल्याएको छ । उपत्यकाबाहिरका जिल्लामा पनि यस्तो बजार विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्